नियम २९ग
पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नु पर्ने
मदिरा उत्पादन गर्नेप्रतिष्ठानले आफूले उत्पादन गरेको मदिरा (वियर, वाइन र साईडर बाहेक) को   बोतलमा
अन्तशुल्क टिकटको सुरक्षाको लागि संवत् २०७४ साल माघ १ गतेदेखि पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नुपर्नेछ ।